रुपन्देहीः सैनामैना नगरपालिका–११ शितलापुरडाँडामा आज बिहान अटो दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोमा सवार सैनामैना नगरपालिका–११ जर्लैया बस्ने ३० वर्षीय सुरेश साही रहेका छन् ।
लु १ ह १५१० नम्बरको अटो दुर्घटना हुँदा साही गम्भीर घाइते भएका उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
अटो चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ४ गते आइतबार, १७:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook