रुपन्देहीः तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल स्थित सिद्धार्थ राजमार्गमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कार चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ का २८ वर्षीय कृष्णबाबु पाण्डे रहेका छन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा ७ च ६९५९ नम्बरको कार शनिबार राति पौने १२ बजे अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा घाइते भएका पाण्डेको चौराहा अस्पताल कालिकानगरमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, १८:४३