रुपन्देहीमा गोली चल्यो, एक घाइते








रुपन्देही तिलोत्तमा नगरपालिका-५ मा बुधबार साँझ ७:३० बजे तिर गोली चलेको छ ।

ज्याला मजदुरी गर्ने ४१ वर्षीय रामकेश थारुको ढाढमा गोली लागेको छ । ईन्डिएन नम्बरको मोटरसाइकलमा आएर गोली प्रहार गरी सुटर भागेको छ ।

घाइतेकोे रामकेशको क्रिमशन हस्पिटल,मडिग्राममा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




ताजा समाचार


विशेष समाचार