रुपन्देहीः मायादेवी गाउँपालिका–४ वन कसियामा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–२ भिलरहवाका ६० वर्षीय रमेश लोध रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

भैरहवाबाट लुम्बिनी तर्फ जाँदै गरेको लु १ ख ३३१४ नम्बरको टिपरले ल २ प १८७९ नम्बरको मोटरसाइकललाई बिहान सवा १० बजे ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटना पश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि भिम अस्पताल भैरहवामा लगिएको छ ।


प्रकाशित मितिः मंगलबार, फागुन ६, १३:४२