रुपन्देहीः सियारी गाउँपालिका–७ भर्तापुरमा सोमबार राति टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीकै शुद्धोधन गाउँपालिका–३ बेतेनीका ३० वर्षीय राज कुमार यादव रहेको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति पौने १० बजे लु २ ख १७२८ नम्बरको खाली टिपर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, मंसिर २४, ०८:३७