रुपन्देहीः सियारी गाउँपालिका–३ मा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय विक्रम गुप्ताका १२ वर्षीय छोरा रविन्द्र रहेका छन् ।

लु २ त ६४०१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टरका चालक फरार भएकाले खोजि भइरहेको इलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १६:४०