रुपन्देहीः बुटवल उपमहानगरपालिका–६ मा आज बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकलयात्री बुटवल उपमहानगरपालिका–१९ मोतिपुरका ४२ वर्षीय ओम थापा रहेका छन् ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख २०१४ नम्बरको ट्रकले थापा सवार साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १९:११