रुपन्देहीः बुटवल उपमहानगरपालिका–१२ मा आइतबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको वाणगंगा–९ बस्ने २५ वर्षीय सुभास आचार्य रहेका छन् ।

ना ३ ख ७४ ०९ नम्बरको ट्रकले लु ४७ प ७१ ३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका आचार्यको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख २० गते सोमबार, १२:२२