रुपन्देहीः बुटवल उपमहानगरपालिका–१२ मा शुक्रबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्गमा लु ३६ प ३३४० नम्बरको मोटरसाइकल र ना ३७ प ७३१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका ७३१० नम्बरको मोटरसाइकल चालक बाग्लुङको निसिखोला गाउँपालिका–३ का ३१ वर्षीय बिबेक भुसालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १८ गते शनिबार, १२:०७