रुपन्देहीः सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै सोमबार बेलुकी स्करपियो जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय विनोद मल्लाह रहेको प्रहरीले जनाएको छ ।

ठेलामा फलफुल बेच्दै आएका उनलाई लु १ य ८ नम्बरको स्करपियो जीपले ठक्कर दिएको थियो ।

यम्भीर घाइते उनको भैरहवास्थित भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ठक्कर दिने जीप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १०:४९