रुपन्देहीः तिलोत्तमा नगरपालिका–११ कुमारीमा आज बिहान स्कुल बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन् ।

लु १ क ८२४ नम्बरको स्कुल बसले पैदल हिडिरहेका स्थानीय ३४ वर्षीया सुमन खौसिया र ३३ वर्षीया आरती थापालाई ठक्कर दिएको हो ।


उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा खौसियाको मृत्यु भएको छ भने थापाको सोही अस्पतालमै उपचार भइरहेको छ ।

बस सहित चालकलाई भने इलाका प्रहरी कार्यालय मंगलापुरले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १५:५८