रुपन्देहीः सिद्धार्थनगर नगरपालिका–११ नौडिहवामा आज बिहान स्कुल बसको ठक्करबाट अन्दाजी ४ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका कम्लेस पालका अन्दाजी ४ वर्षीय छोरा रितेश रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार लु १ क २२०४ नम्बरको स्कुल बसले रितेशलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, फागुन २१, १२:३३