रुपन्देहीः बुटवल उपमहानगरपालिका–११ मा आज बिहान ९ बजे स्कुल भ्यानको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय राजेन्द्र थापाकी ४ वर्षीया छोरी स्मृती थापा रहेकी छन् ।

क्यानन इङलिस बोर्डिङको लु १ च ७००२ नम्बरको भ्यानले सोहि स्कुलमा एल के.जि.मा अध्ययनरत बालिकालाई ठक्कर दिँएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

भ्यान चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ७ गते मंगलबार, १५:३५