रुपन्देहीः आज बिहान रोहिणी गाउँपालिका–४ सुइलीहवामा भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हिनन्दन गाउँपालिका–४ का अन्दाजी ३० वर्षीय मबिकन कुर्मी, सोही ठाउँका अन्दाजी ३० वर्षीय लालु कुर्मी र सुनसरीको चतराका अन्दाजी ३५ वर्षीय पुर्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भूमहिदेखि भैरहवातर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र वेलहीयादेखि भूमहीतर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ८४८१ नम्बरको ट्रकमा सवार सोही ट्रकका कामदार ३ जनाको उपचारको क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।


दुर्घटनामा ९ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ५ जनाको भिम अस्पतालमै र ४ जनाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल भैरहवामा उपचार भइरहेको छ ।


प्रकाशित मितिः मंगलबार, माघ १४, १२:०६