काठमाडौंः रुस कराते महासंघबाट आएका ग्रान्ड मास्टरसहितको टोलीले नेपाली कराते टोलीलाई सोमबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा प्रशिक्षण दिएको छ ।

सागका पदक विजेता खेलाडीसहित ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी प्रशिक्षणमा सहभागी भएको ओलम्पिक सोलिडारिटीमा परेका कराते प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् । उनका अनुसार टोकियो ओलम्पिक–२०२० का लागि करातेको प्रशिक्षण पनि सुरु भएको छ ।

रुसको टोलीले नेपाल प्रहरी, पोखरालगायतका खेलाडी पनि प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०६:५२