काठमाडौं: रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को पहिलो खेलमा आज  फ्रान्स र अष्ट्रेलिया बीच हुँदै छ । एक पटकको विश्वकप विजेता फ्रान्सले आफ्नो पहिलो खेलमा ५ पटक विश्वकपमा सहभागिता जनाउँदै गरेको अष्ट्रेलियासँग खेल्न लागेको हो । रसियाको कजान एरिना रंगशालामा नेपाली समयअनुसार शनिबार दिउँसो ३ बजेर ४५ मिनेटमा यी दुई टिमबीच खेल हुने छ ।

अहिलेसम्म १४ पटक विश्वकप खेलिसकेको फ्रान्सले एक पटक मात्र उपाधि जित्न सफल भएको छ । रसिया विश्वकप फ्रान्सको १५औं पटकको सहभागिता  हो । फ्रान्स र अस्ट्रेलिया बीच अहिले सम्म ४ खेल भएको छ जसमा फ्रान्सले ३ खेलमा जित हात परेको छ भने एक बराबरीमा टुंगिएको छ ।


। फ्रान्सका लागि अविस्मरणीय र ऐतिहासिक विश्वकप भनेको सन् १९९८ मा फ्रान्समै भएको विश्वकप हो । पहिलो पटक विश्वकपको आयोजना गरेको फ्रान्सले विश्वकपको उपाधि उचाल्दै ऐतिहासिक सफलता पाएको थियो ।  त्यसबेला फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको उपाधि उचालेको थियो । फ्रान्स त्यो सहित गरेर २ पटक फाइनलमा पुगेको छ । फ्रान्सका  स्ट्राइकर एन्टोइनी ग्रिजम्यानले अहिलेसम्म  ५४ खेल खेल्दै २० गोल गरिसकेका छन् । यस्तै पाउल पोग्बा फ्रान्सका अर्का चर्चित खेलाडी हुन् ।

यसै गरी अपरान्ह ६:४५ मा समुह ‘डी’ अन्तर्गत अर्जेन्टिना र आइसल्याण्ड बीच खेल हुँदै छ भने साँझ ९:४५ मा समुह ‘सी’ अन्तर्गत पेरु र डेनमार्क बीच खेल हुँदै छ। बिहान १२:४५ मा क्रिएसिया र नाइजेरिया बीच खेल हुँदै छ ।