काठमाडौं: रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज ३ खेल हुँदै छन्।  नेपाली समयानुसा समुह ‘ए’ मा इजिप्ट र उरुग्वे बीच आज साँझ ५:४५मा खेल हुँदैछ भने समुह ‘बी’ अन्तर्गत राति ८:४५मा मोरोक्कोले एसियन टिम इरानको सामना गर्नेछ । यसै गरी रातको ११:४५ मा विश्वकपका दूई दाबेदार पोर्चुगल र स्पेन बीच खेल हुनेछ ।

World Cup 2018: Egypt vs Uruguay

गत राति भएको समुह ‘ए’ अन्तर्गतको रुस र साउदी अरेबिया बिचको खेलमा रुसले साउदी अरेबियालाई ५-० गोल अन्तरले पराजित गरेको थियो । रुसको यस जित सँगै समुह ‘ए’का उरुग्वे र इजिप्टलाई भने दवावमा पारेको छ ।


। समुह चरणबाट मात्र २ टिम अर्को चरणमा प्रवेश गर्नेहुँदा उरुग्वे र इजिप्तलाई दवाव परेको हो । इजिप्टका तर्फबाट मोहम्मद सलाह तर्फ दर्शकको ध्यान जानेछ भने उरुग्वेका लुइस स्वारेज र एडिसन काभानी चर्चामा रहेका छन् । यस खेलको विजेता टिम अर्को चरणमा जाने सम्भावना बढी रहनेछ ।

समुह ‘बी’ अन्तर्गत हुने पहिलो खेलमा मोरोक्कोले एसियन टिम इरानको सामना गर्नेछ । विश्वकपमा यी दुवै देशले पाचौं पटक समान सहभागीता जनाएपनि विश्वकप अन्तर्गत इरान र मोरोक्को बीच यस खेल पहिलो पटक हुँदैछ । विश्वकपका दूई दाबेदार स्पेन र पोर्चुगलसँगको समुहमा रहेको यी दुवै देशको अर्को चरणमा प्रवेस गर्ने सम्भावना भने न्यून रहेको छ ।

 

Spain Vs Portugal LIVE at the Quarter

आज राति ११:४५ मा हुने खेलमा विश्वकपका दाबेदार स्पेन र पोर्चुगल भिड्दै छन् । ३५ पटक एक अर्काको सामना गरेका स्पेन र पोर्चुगल बिचको खेल निकै नै प्रतिस्पर्धात्मक हुने देखिएको छ । दूई देश बीच भएको खेलमा हालसम्म १६ पटक स्पेन बिजयी भएको छ भने ६ पटक पोर्चुगल विजयी भएको छ । यी दूई बीच भएको १३ खेल भने बराबरीमा टुंगिएको छ । विश्वकप २०१४ मा यी दुवै टिम समुह चरणबाटै बाहिरिएका थिए तर यसवर्ष भने दुवै देश अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो रहेको छ । शीर्ष खेलाडीहरुको हावी रहेको स्पेनलाई रोक्न पोर्चुगलले डिफेन्स तर्फ राम्रो प्रदर्सनी गर्न जरुरी छ भने हालै मात्र स्पेनका प्रशिक्षक वर्खास्त भएको फाइदा पोर्चुगलले उठाउन सक्दछ ।