काठमाडौंः सिन्धुपाल्चोकको जुगल गाउपालिका–२ लिदी गाउँमा आज १० दिनका लागि पुग्ने खाद्यान्न रेडक्रस शाखा सदस्य अमृत कुमार खड्काको सहयोगमा जिल्ला शाखाद्वारा नेपाल आर्मीको हेलिकप्टर मार्फत घट्नास्थलमा पठाइएको छ । पठाइएका सामाग्रीमा दाल, चामल, तेल, नुन, गरम मसला रहेका छन् ।

साथै, अस्थाई शौचालयका लागी २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजिकरणमा खानेपानीका लागी १४ सय मिटर पाइप पनि पठाइएको छ । स्थानीय उपशाखाबाट घटनास्थलमा २ जनाले निरन्तर सहयोग गरेका छन् भने ५ जना थप स्वयमसेवक द्रुत लेखाजोखाको लागि परिचालन तयारी गरिएको छ ।

पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले हिजो तत्कालै कार्यसुरु गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।


। जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा प्रभावित परिवार मध्ये तत्काल ३० परिवारका लागी पुग्ने गरी आवश्यक पर्ने गैह्र खाद्य सामाग्री पूर्ण सेट पठाइएको थियो ।

पहिरोबाट पूर्ण क्षती भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याप्पमा बसेका छन् ।

शुक्रबार बिहान सुख्खा पहिरो जाँदा ३७ घर पूर्ण क्षति भएका र करीब १७९ घर प्रभावित भएका थिए । अहिलेसम्म १२ जनाको शव फेला परेको र २७ जना अझै वेपत्ता रहेका जिल्लाबाट रेडक्रस अधिकृत राजकुमार लम्सालले जानकारी दिएका छन् ।

 


प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७, १८:१७