काठमाडौंः रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा एमआरएम कलेजलाई ३–१ ले पराजित गर्दै रेडनले उपाधि जितेको हो ।

रेडनका लागि राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । यस्तै, एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए ।

उपाधिसँगै रेडनले २० हजार तथा एमआरएमले १५ हजार नगद पुरस्कार हात पारे । एमआरएमका उपेन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए भने रेडनका आशिष डंगोल उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका जेभियरका रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।


एकदिने प्रतियोगितामा २० टिम सहभागी थिए ।


प्रकाशित मितिः मंगलबार, फागुन २७, ०६:५५