सुर्खेतः वीरेन्द्रनगर नगरपालिका–६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित ४ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेका दैलेख नौमुले गाउँपालिका–२ बस्ने २६ वर्षीय मनोज बिक समेत ४ जना रहेका छन् ।

उक्त होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनीहरुलाई उक्त छाला र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १९:१०