काठमाडौंः रेमन्ड सप र प्रभु बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई १ सय थान पिपिई हस्तान्तरण गरेको छ ।

महाशाखामा आज आयोजित एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सो अवसरमा रेमन्ड सपका अध्यक्ष सञ्जय अधिकारीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई पिपिई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा धन्यवाद दिँदै नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरु फेला परिसकेको अवस्थामा सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपङ्तिमा रही जोखिमको समेत कुनै प्रवाह नगरी समाज र नागरिकको सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेको जानकारी प्रमुख ढकालले दिए ।


उनले पिपिई लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी संक्रमण हुनबाट सुरक्षित हुने र आमनागरिकहरुको पनि पूर्ण रुपमा सुरक्षा हुने कुरा बताए ।

कार्यक्रममा रेमन्स सप का अध्यक्ष अधिकारीले विपदको समयमा आमनागरिकको सहयोगको लागि सदैव क्रियाशील रहेको बताए ।

आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको उनले उल्लेख गरे ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार दैनिक सडकमा खट्टिनुपर्ने ट्राफिक प्रहरीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सजगताका उपायहरु अपनाएको छ र महाशाखाले आफ्ना प्रहरी कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै बाहिरी प्रबेश गेटमा पिपिई पोसाक लगाई स्वास्थ्यकर्मीले थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था, डिसईन्फेकसनका लागि स्प्रे मेसिन, नियमित रुपमा हात धुने व्यवस्था, स्वास्थ्यकर्मीसहित प्रहरी नायब उपरीक्षकको कमान्डमा समन्वय डेस्क, २५ जनाको लागि क्वारेन्टाइन वार्ड, ड्युटीमा कम्तिमा २ मि. दुरीमा नागरिकसँग दुरी कायम गर्ने व्यवस्था पनि मिलाएको जानकारी दिए ।


प्रकाशित मितिः सोमबार, वैशाख ८, २१:१८