काठमाडौं: सरकारले मलेसिया जाने कामदाबाट भइरहेको ठगी गर्ने संयन्त्र हटाउन पूर्व श्रम स्वीकृती रोक्दै रोजगारीका लागि मलेसिया जान बन्द गरेको छ । यस निर्णय सँगै अब भिसा लागिसकेका कामदार बाहेक नयाँ कामदार रोजगारीका लागि मलेसिया जान पाउने छैनन् ।

पूर्व श्रम स्वीकृती रोकिएपछि मलेसिया जान चाहनेको भिसा प्रक्रिया रोकिएको छ । मन्त्रालयले जीएसजी, माइग्राम्स, बायोमेटिक, ओएससी, भीएलएन खारेज गरेपछि पूर्व श्रम स्वीकृती बन्द भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले  ओएससी र भिएलएनका सञ्चालकलाई केहीदिन अघि पक्राउ गरेको थियो ।


वैदेशिक रोजगार व्यवसायी महासंघले सूचना जारी गर्दै श्रम स्वीकृती बन्द भएको र रोजगारदाता कम्पनीलाई श्रम स्वीकृती बन्द भएको बारे जानकारी गराउन सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई जानकारी गराएको छ ।