काठमाडौंः क्रिस्टियानो रोनाल्डोले ‘गोल्डेन फुट अवार्ड’ जितेका छन् ।
इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
रोनाल्डोले पहिलो पटक यस अवार्ड जितेका हुन् । सन् २००३ बाट प्रदान गर्न थालिएको यस ‘गोल्डेन फुट अवार्ड’ जित्ने रोनाल्डो १८ औं खेलाडी बने ।
गत वर्ष यस अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए ।
मोनाको आयोजित एक कार्यक्रममा रोनाल्डोलाई उनको फुट प्रिन्ट प्रदान गरिनेछ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १७ बुधबार, ११:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook