काठमाडौँ: रौतहटको एक प्रहरी चौकीमा सुतली बम प्रहार भएको छ। बम प्रहारबाट इशनाथ नगरपालिका(४ को मठिया चौकीमा कार्यकरत एक प्रहरी जवान घाइते भएका छन्।

बम बिस्फोटबाट चौकीमा कुनै क्षति भएको छैन भने एक जना प्रहरी जवान घाइते भएका छन् । बिस्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकासँग प्रहरीले बम बिस्फोट गराएको घटनाबारे सोधपुछ गरिरहेको छ।


प्रकाशित मितिः कार्तिक २६, मंगलवार, १५:४३