काठमाडौंः रौतहटका विभिन्न ठाउँबाट एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ ।

रुपन्देहीको रोहीणी गाउँपालिका–३ बैकुण्ठपुर स्थित सीमा इलाकाबाट सोमबार एपीएफ टोलीले करिब ४ लाख ६२ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोलीले आइतबार करिब १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ ।


भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले रौतहटको मौलापुर नगरपालिका–९ स्थित सीमा इलाकाबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय गौरमा बझुाईएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, ०७:४२