रौतहटः बैधिमाई नगरपालिका–९ मा शनिबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक परोहा नगरपालिका–६ घर भई इलाका प्रहरी कार्यालय हरकटवा सर्लाही दरबन्दी भएर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा कारर्यरत प्रहरी हबल्दार ३५ वर्षीय प्रविण सिंह रहेका छन् ।

ना ६ प ७४ २२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको प्रहरी चौकी बैकुल रौतहटले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी चढेका ३५ वर्षीय राकेश सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, ११:२०