रौतहटः चन्द्रपुर नगरपालिका–१ ब्रह्रमस्थान नजिकै शनिबार राति रोकी राखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा च्यापिएर एक जनाको मृत्यु भएको छ । यस्तै अर्काे एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ का २० वर्षीय विनोद कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ७०१३ नम्बरको ट्रकमा ना ६ ख ३८२२ नम्बरको ट्रक ठोक्किन पुग्दा ३८२२ नम्बरको ट्रकका परिचालक यादवको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा गम्भीर घाइते भएका सोही ट्रकका चालक ३६ वर्षीय श्याम सुन्दर यादवलाई भने उपचारको लागि वीरगञ्ज पठाइएको रौतहट प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः आइतबार, फागुन २५, ११:०६