काठमाडौंः सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको २२ औं दिन हिजो मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ४८९ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ४३० दुई पांग्रे र ५९ चार पांग्रे रहेका छन् ।

अनुमति नलिई आफूखुसी चलाएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।



प्रकाशित मितिः बुधबार, वैशाख ३, ०८:४५