काठमाडौंः कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको आज ३० औं दिन हो । यो लकडाउन चैत ११ गतेदेखि सुरु भएको हो भने बैशाख १५ गतेसम्म कायम रहनेछ ।

काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ । जरुरी कामबिना सडकमा निस्कने र लकडाउन आदेशको उल्लंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र कारबाही गर्ने अभियानलाई तीव्र बनाइएको छ ।

प्रहरीले खाद्यान्न, पानी, तरकारी बोकेका सवारी साधनलाई विना रोकतोक चल्न दिएको छ भने पास नलिई आवजजावत गरेकालाई भने केरकार गरेको छ ।

३० औं दिनसम्म पनि काठमाडौं पूर्ण रुपमा बन्द छ ।


। औषधि पसल, फलफूल पसल र खाद्यान्न पसल भने फाटफुट खुलेका छन् ।

यो अवधिमा पहिलो दिनदेखि आजसम्म देशको संघीय राजधानी काठमाडौं प्रायः सुनसान देखिएको छ ।


प्रकाशित मितिः बुधबार, वैशाख १०, १९:३०