काठमाडौंः सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको ६२ औं दिन हिजो आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ७८८ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ७०९ दुई पांग्रे र ७९ चार पांग्रे रहेका छन् । यसैगरी पुराना तथा म्याद सकिएका २७ वटा सवारी साधनका पास पनि ट्राफिक प्रहरीले होल्ड गरेको महाशाखाले जनाएको छ ।


लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ ।


प्रकाशित मितिः सोमबार, जेठ १२, ०६:१३