काठमाडौंः सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको ७१ औं दिन हिजो मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले १ हजार ८०६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये १ हजार ५८४ दुई पांग्रे र २२२ चार पांग्रे रहेका छन् ।

लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।


अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ ।


प्रकाशित मितिः बुधबार, जेठ २१, ०६:१०