काठमाडौंः कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति अन्तर्गतको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको आज बसेको बैठकले लकडाउन एक हप्ता बढाउन उच्च स्तरीय समितिमा सिफारिस गरेको हो ।

मुख्य सचिव नेतृत्वको कार्यदलले एक साता लकडाउन थप्ने र ठाउँ हेरेर खुकुलो गर्न सकिने समेत सुझाव दिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार आज दिउँसो बसेको बैठकले लकडाउनको मोडालिटी टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । त्यसलगत्तै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ ।


। त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।

भोलि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले समितिको सिफारिसका आधारमा लकडाउन बढाउने, नबढाउने वा खुकुलो बनाउने बारे निर्णय गर्ने जनाइएको छ ।


प्रकाशित मितिः शनिबार, वैशाख १३, २१:५५