काठमाडौंः नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक भएको छ ।

नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक भएको हो ।

चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरी लगायत रहेका छन् । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ ।

शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्र देशका दुर्गमदेखि सुगम क्षेत्रमा छायाँकन गरिएको फिल्म हो ।


। चर्चित पत्रकार विनोद त्रिपाठी यो चलचित्रका परिकल्पनाकार हुन् । यो चलचित्र विशुद्ध नेपाली नारीको अबस्था र सामाजिक परिवेशमा आधारित छ । चलचित्रमा युवा संगीतकार बबुल गिरीको संगित रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् ।

चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् । सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको रहेको छ ।

चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लि.ले जिम्मा लिएको छ ।

चलचित्र कात्तिक १ गतेदेखि प्रदर्शनमा आउने निर्देशक थापाले जानकारी दिइन् ।

ट्रेलर हेर्नुहोसः


प्रकाशित मितिः बुधबार, असोज १५, १२:०८