काठमाडौंः पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत रिलिज गरिएको हो ।

सुजनकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ ।

लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एवम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन् ।

गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, पुस २०, १२:५०