काठमाडौंः लमजुङको बेसिशहर–७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । यस्तै, पहिरोमा परी अन्य तीन जना घाइते भएका छन् ।

गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा ३३ वर्षीया दीपक तामाङ, उनकी श्रीमती २५ वर्षीया बीमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

पहिरोले घर पुरिएको खबर आएपछि पुगेको १५ जनाको प्रहरी टोलीले ३ जनाको भने जीवितै उद्धार गरेको उनले जानकारी दिए ।

यस्तै, घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको प्रहरीले जनाएको छ ।


। उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, ०८:५४