ललितपुरः ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टबाट ११ जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले ललितपुर महानगरपालिका–१६ मंगलबजार बस्ने ३२ वर्षीय विरबु जोशीसहित ११ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ लाख ६५ हजार रुपैयाँ नगद र नौ बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज १७, १३:१५