ललितपुरः महालक्ष्मी नगरपालिका–२३ धापाखेलस्थित धापाखेल जंगलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने दोलखा नगरपालिका–२ घर भएका ५५ बर्षीय गोमन घिमिरेले जंगलमा पत्कर सोर्ने क्रममा गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सो ठाउँमा प्लाष्टिकभित्र राखेको अवस्थामा उक्त गोली फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, २०:०९