ललितपुरः नख्खुदोबाटोमा आज बिहानै जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरकै बागडोलमा बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल रहेकी छिन् ।

आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा घाइते भएकी उनको उपचारको क्रममा पाटन अस्पतालमा बिहान ६ बजे मृत्यु भएको हो ।

ठक्कर दिने जिप सहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १०:२३