ललितपुरः ललितपुरको नख्खु दोबाटोमा मंगलबार बेलुकी डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक काठमाडौंको डल्लुका २५ वर्षीय अविन शाही रहेका छन् ।

मंगलबार बेलुकी पौने ९ बजे मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका शाहीले डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई नगद ३ हजारको आर्थिक प्रलोभन देखाएपछि उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, ११:४८