ललितपुरः ललितपुरको बालकुमारीमा आज बिहानै नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पैदलयात्री ललितपुरको महालक्ष्मीस्थान बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठ रहेका छन् ।

आज बिहान सवा ५ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

घाइते भएका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जनको अवस्था भने सामान्य रहेको छ ।

दुर्घटना पश्चात् सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, ११:०६