ललितपुरः आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने ४० वर्षीय पुरुषलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि विभिन्न डर त्रासमा पारी पटक पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, १७:२२