ललितपुरः ललितपुर महानगरपालिका–२६ सिमाखुस्थित खोटाङ मजुवागढी घर भई हाल सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला राईको टहरामा तास खेलिरहेका अवस्थामा राई लगायत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ४२ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १६ गते शुक्रबार, १६:५३