ललितपुरः ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोबाट डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय सातदोबाटोबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने रामेछाप मन्थली नगरपालिका–१३ घर भएका ३० वर्षीय अभिजोल काफ्ले समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु चढेका बा ९३ प ६२८ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १०:३३