ललितपुरः ललितपुरको कुपण्डोलमा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, ११:३४