ललितपुरः ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक घर भई ललितपुरको धोविघाट बस्ने २७ वर्षीय गोपिकृष्ण खनाल रहेका छन् ।

एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश–०२–०२०–प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे पैदल हिडिरहेका खनाललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा स्टार अस्पताल सानेपामा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ८ गते बुधबार, १०:३८