ललितपुरः नक्खु दोबाटो चोकमा बुधबार राति स्कुटरले स्कुटरलाई ठक्कर दिँदा सडकको डिभाइडरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

प्रदेश ३–०२–००९ प ०९५० नम्बरको स्कुटरले बा ९४ प ३४१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा प्रदेश ३–०२–००९ प ०९५० नम्बरको स्कुटरका चालक ललितपुर गोदावरी नगरपालिका ७ घर भई काठमाडौँको जडिबुटी बस्ने २५ वर्षिय श्याम थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिँदा घाइते भएका उनको अल्का अस्पताल जावलाखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

बा ९४ प ३४१ नम्बरको स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः बिहीबार, असोज १, २०७७, १२:११