ललितपुर: ललितपुर महानगरपालिकाले आगामी भदौ महिना देखि बिजुली बाट चल्ने गाडी संचालन गर्ने भएको छ । महानगरले नमुनाका रुपमा चाइनाबाट तीनवटा बिजुलीबाट चल्ने बस भित्याउन लागेको हो ।

ललितपुर महानगरपालिकाले बढ्दो प्रदुर्षण कम गर्न बिजुली बाट चल्ने गाडी भित्र्याउन लागेको हो ।यसका लागि महानगरले चाइनिज कम्पनी बिवाइडी अटो कोअपरेटिभ लिमिटेडसँग सहकार्य गरेको महानगरले जनाएको छ। महानगरले भदौ मसान्तभित्र ४० सिटको तीन वटा इलेक्ट्रिक बस भित्र्याउने लक्ष्य राखेको छ ।

प्रदुषण कम गर्नका लागि इलेक्ट्रिक बसले धेरै सहयोग गर्ने हुँदा नमुनाका रूपमा  बिजुलीबाट चल्ने बस महानगरले भित्र्याउन लागेको हो ।


। यस बसले राम्रो सँग संचालन हुन सके इलेक्ट्रिक बसलाई नै प्राथमिकतामा राखेर काम अघि बढाउने महानगरले जनाएको छ । महानगरले बस किन्नकै लागि भनेर ३ करोड बजेट छुट्याएको छ। हाल महानगरले साझा यातायातसँग सहकार्य गरी महानगरभित्र बस सञ्चालन गरिहरहेको छ।