काठमाडौंः प्रहरीले ललितपुर र मकवानपुरबाट जबरजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ललितपुरमा ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा गत मंसिर २४ गते जबरजस्ती करणी गरेको भन्ने खबर पुस १० गते प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी, मकवानपुरमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका–१ धोबिडाँडा बस्ने ६२ वर्षीय आईते सिंह वाईवालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


वाईवाले ती महिलालाई पुस ३ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ११ गते शनिबार, १८:५७