काठमाडौंः आरबी लाईपेजिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा लाईपेजिगले एफसी कोल्नमाथि ४–२ को सहज जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।

लाईपेजिगका लागि प्याट्रिक स्किक, क्रिस्टोफोर नेकुन्कु, टिमो वार्नर र ड्यानियल ओल्मोले एक एक गोल गरे । कोल्नका लागि जोन कार्डोबा र एन्थोनी मोडस्टेले एक एक गोल गरे ।

खेलको सातौं मिनेटमा कार्डोबाले गोल गर्दै घरेलु टोली कोल्नलाई अग्रता दिलाए । २० औं मिनेटमा लाईपेजिगका प्याट्रिकले गोल गर्दै खेल बराबरीमा ल्याए । ३८ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दै पाहुना टोली लाईपेजिगलाई २–१ को अग्रता दिलाए ।


। ५० औ मिनेटमा वार्नरले गोल गर्दै लाईपेजिगलाई ३–१ को अग्रता दिलाए । ५५ औ मिनेटमा मोडस्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर ५८ औं मिनेटमा ओल्मोले गोल गर्दै लाईपजिगको जित सुनिश्चित गरेका थिए ।

जितसँगै लाईपेजिगले दोस्रो स्थानको बोरुसिया डर्टमण्डबिरुद्ध दबाब बढाएको छ । डर्टमण्डको ६० अंक हुँदा लाईपेजिगको ५८ अंक छ । कोल्न ३४ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।


प्रकाशित मितिः मंगलबार, जेठ २०, ०८:२२