एजेन्सीः अफ्रिकी मुलुक लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ ।

बुधबार लाइबेरियाको राजधानी मोन्रोभियाबाटनजिकै रहेको विद्यालयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

मस्जिदसमेत रहेको विद्यालयमा आगलागी हुँदा अधिकांश बालबालिका निदाइरहेको जनाइएको छ ।

आगलागी के–कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । घटनामा अरु बालबालिकाको पनि ज्यान गएको आशंकामा खोजी भइरहेको जनाइएको छ ।